spot_img

हाफ पाइन्टको मेटल बटन बनाएर सुन ल्याउने भारतीय पक्राउ

काठमाडौंः अवैध रुपमा विदेशबाट सुन तस्करी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसो १ बजे थाई स्माइल एयरलाईन्सको उडानमार्फत बैंककबाट काठमाडौं अवतरण गरेका भारतीय नागरिक डेभिड मक्करलाई पक्राउ गरिएको हो। उनले ल्याएका ५ वटा हाफ पाइन्टमा अस्वाभाविक संख्यामा जडान गरिएका टाँक (टिप बटन) भित्र साना-साना रिङ् बनाएर ४२६ ग्राम सुन लुकाइ ल्याएको सूचना पाएपछि विमानस्थल भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो।

 रेडिमेड हाफ पाइन्टको मेटल बटनभित्र प्रत्येक बटनमा २ वटा सुनका रिङलाई फिट गरेर सुन लुकाइ ल्याइएको पाइएको हो। सुनको प्रचलित बजार मूल्य करिब ३५ लाख  रुपैयाँ रहेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img