spot_img

अफगानिस्तानमा मारिए अलकाइदा प्रमुख जवाहिरी, घरको बालकोनीमा बसिरहेका बेला अमेरिकाको ड्रोन आक्रमणमा मृत्यु

अलकाइदाका प्रमुख अमान अल जवाहिरी अमेरिकी सेनाको कारवाहीमा मारिएका छन्। आइतवार अफगानिस्तानको राजधानी काबुलमा सिआइएले गरेको ‘काउन्टर टेरोरिजम अपरेशन’का क्रममा जवाहिरी मारिएको अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताए।

बाइडेनले जवाहिरी अमेरिकी नागरिकको हत्या र अमेरिकाविरुद्ध हिंसा फैलाउन जिम्मेवार रहेको बताएका छन्। ‘न्याय भयो। आतंकवादी नेता मारिए,’ बाइडेनले भने।

अमेरिकाले जवाहिरी बसेको घरमा दुईवटा ड्रोन आक्रमण गरेको थियो। त्यसबेला जवाहिरी घरको बालकोनीमा रहेको बताइएको छ। अमेरिकाले त्यसक्रममा घरमा अन्य सदस्यहरु पनि रहेको तर उनीहरुलाई केही नभएको र जवाहिरीमात्र मारिएको दाबी गरेको छ।

सन् २०१२ मा ओसामा बिन लादेन अमेरिकी कारवाहीमा मारिएपछि जवाहिरीले अलकाइदाको नेतृत्व गरेका थिए। लादेनसँग मिलेर जवाहिरीले सन् २०११ सेप्टेम्बरमा अमेरिकामा आक्रमणको योजना बनाएको अमेरिकी अधिकारीहरुको दाबी छ। यस्तै, जवाहिरीले अमेरिकी नागरिकलाई हानी हुने गरि विभिन्न गतिविधि गरेको बाइडेनले बताएका छन्।

‘जति समय लागे पनि, जहाँ लुके पनि। यदि तिमी अमेरिकी नागरिकको लागि खतरा हौ भने अमेरिकाले तिमीलाई खोजेर निकाल्छ। हामी हाम्रो राष्ट्र र जनतालाई बचाउन कहिलै पछि हट्ने छैनौं,’ बाइडेनले भने।

अहिले अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले भने अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय सिद्धान्तहरुको उल्लंघन गरेको प्रतिक्रिया दिएको छ। तालिबानका प्रवक्ताले अमेरिकाको उक्त कारवाही स्वयम् अमेरिकाका साथै अफगानिस्तान र क्षेत्रीय हितमा नहुने चेतावनी पनि दिएको छ। अमेरिकी अधिकारीहरुले भने आफूले गरेको कारवाही कानुनसम्मत भएको दाबी गरेका छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img