spot_img

जर्मनीलाई हराउँदै इङ्ग्ल्याण्डले जित्यो युरो कपको उपाधि

युईएफए महिला युरो कपको उपाधि इङ्ग्ल्याण्डले जितेको छ। गएराति लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा युरोकपको सर्वाधिक सफल टोली जर्मनीलाई २-१ गोलअन्तरले हराउँदै इङ्ग्ल्याण्डले पहिलो पटक युरो कपको उपाधि जित्न सफल भएको हो।

महिला युरोमा सबै भन्दा बढी कीर्तिमानी ८७ हजार भन्दा बढी संख्यामा दर्शकको उपस्थिति स्टेडियममा रहेको थियो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको ६२ औं मिनेटमा एल्ला टोनीले गोल गर्दै इङ्ग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन्। तर, ७९ औं मिनेटमा जर्मनीकी लिना मगुलले गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो। निर्धारित समयमा बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। जसमा छलोइ केलीले ११० औं मिनेटमा निर्णायक गोल गर्दै इङ्ग्ल्याण्डलाई जित दिलाइन्।

इङ्ग्ल्याण्ड समूह ‘ए’ को विजेता हो भने जर्मनी समूह ‘बी’को। इङ्ग्ल्याण्डले क्वाटर फाइनलमा स्पेनमाथि २-१ गोलअन्तरले जित निकालेको थियो भने सेमिफाइनलमा स्वीडेनलाई ४-० गोलअन्तरले हराएको थियो। अर्कोतर्फ जर्मनीले अस्ट्रियालाई क्वाटरफाइनलमा २-० माथि जित निकालेको थियो भने सेमिफाइनलमा फ्रान्सलाई २-१ गोलअन्तरले हराएको थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img