spot_img

ठडियो हेटौँडा अस्पतालको नयाँ भवन, इमरजेन्सी कक्ष चाँडै सञ्चालन गर्ने तयारी

हेटौँडा : वाग्मती प्रदेशको राजधानीमा रहेको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालको नयाँ भवनको निर्माण सकिएको छ। करिब ३ वर्षको अवधिमा बीएस कन्ट्रक्सन कम्पनीले निर्माण गरेको सुविधा सम्पन्न नयाँ भवन अस्पतालको परिसरमा ठडिएको छ।

भौतिक पूर्वाधारको अभावले उपचारका लागि आउने बिरामीले सहज उपचारको सट्टा हैरानी खेप्नु परेको गुनासो आइरहेको थियो। अस्पतालको भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण बिरामीहरुले उपचारमा कठिनाई भोग्दै आइरहेका छन्।

अस्पतालमा थेग्न नसकिने चाप र भवन व्यवस्थित नहुँदा सर्वसाधारणहरुले दिनहुँ समस्या खेप्दै आइरहेका छन्। अस्पतालमा ८ वटामात्र इमरजेन्सी बेड थिए। तर, अहिले निर्माण भएको नयाँ भवनमा २४ वडा बेडसहित इमरजेन्सी कक्ष तयार भएको छ।

३० करोडको लागतमा तयार भएको हेटौँडा अस्पतालको ७० बेडसहित तीन तले भवन निर्माण भएको छ। नयाँ भवनको बेड जडान गर्ने, सीटी-स्क्यान जडान र सफ्टवेयर इन्टरनेट जडानको कार्य भइरहेको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन रामचन्द्र सापकोटाले जानकारी दिए।

उनले इमरजेन्सी कक्ष अहिले आवश्यकता भएको हुनाले चाँडै सञ्चालन गर्ने तयारी रहेको बताए। नयाँ भवनको अब १० देखि १५ दिनसम्ममा सञ्चालनमा ल्याउने उनले जानकारी दिए। २०७६ भदौ ७ गते निर्माण सुरु गरिएको भवन तीन वर्षमा सम्पन्न भएको हो।

हेटौँडा अस्पताल २०१६ सालमा १५ बेडबाट सुरु भई जिल्ला अस्पतालको रुपमा २०२२ सालमा स्थापना भएको थियो। हेटौँडा अस्पताल विकास सेवा समितिको गठन भएपछि समितिले अस्पतालको विकास गर्नमा २५ शय्या थप गरी नेपाल सरकारको २५ शय्या र विकास समितिको २५ शय्या गरी जम्मा ५० शय्या सञ्चालन हुँदै आएको थियो।

आर्थिक वर्ष २०६१/६२ सालमा मन्त्रिपरिषद्को निर्णयानुसार उप-क्षेत्रीय अस्पतालमा रुपान्तरण गरिएपनि उप-क्षेत्रीय अस्पतालको दरबन्दी पठाउन नसकेको कारण २०७१ असार २० को मन्त्रिपरिषद्को निर्णयले ५० शय्या कायम गरी सोही अनुसार दरबन्दी स्थापना भई पदपूर्ति भइरहेको थियो। हाल नेपाल सरकारको ५० शय्या र विकास समितिको ५० शय्या तथा अन्य १० शय्या गरी ११० शय्या प्रयोग भइरहेको छ।

अस्पतालमा अहिले करिब २ सय जना स्वास्थ्यकर्मीहरु कार्यरत छन्। अहिले हेटौँडा अस्पतालको सेवाहरु विस्तार समेत भएका छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img