spot_img

कोरोना संक्रमण रोकथामबारे स्वास्थ्य मन्त्री खापुङ र वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री लामाबीच छलफल

काठमाडौं : वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित स्वास्थ्य मन्त्रालयमा दुई मन्त्रीबीच भेट भएको हो।

उक्त भेटमा पछिल्लो संक्रामक रोगको रोकथाम तथा नियन्त्रण र आवश्यक तयारीबारे छलफल भएको मन्त्री लामाले जानकारी दिए। `भेटमा नेपालमा बढ्दो कोभिड – १९ संक्रमण, विश्वव्यापी संक्रमणको अवस्था, संक्रमण रोकथाम तथा उपचारका लागि वाग्मती प्रदेश सरकारको तयारी र संघीय सरकारको समन्वयबारे छलफल भयो,´ मन्त्री लामाले भने।

भेटका क्रममा संघीय मन्त्री खापुङले कोरोना खोप अभियानमा वाग्मती प्रदेश सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। त्यसै गरि मन्त्री खापुङले प्रदेशभित्रका स्थानीय तहमा रहेको स्वास्थ्य केन्द्रहरुमा आवश्यक जनशक्ति उवलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। ‘माननीय संघीय मन्त्रीले प्रदेशभित्रका स्थानीय तहमा रहेको स्वास्थ्य केन्द्रहरुका लागि आवश्यक जनशक्तिलगायत नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न वचनबद्धता व्यक्त गर्नुभयो,’ मन्त्री लामाले भने। गत सोमवार वाग्मती प्रदेश सभाको बैठकमा मन्त्री लामाले स्वास्थ्य सम्बन्धि सार्वजनिक महत्त्वको वक्तव्य राखेका थिए। वक्तव्यमा उनले पछिल्लो संक्रामक रोगविरुद्ध प्रतिकार्यका लागि प्रदेश सरकार तयार रहेको बताएका थिए। पछिल्लो समय वाग्मती प्रदेशमा कोरोना संक्रमण पुष्टि बढ्दो छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img