spot_img

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले गरे पदभार ग्रहण

काठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज शर्मालाई मन्त्रीमा नियुक्त गरेसँगै उनले आजै अर्थमन्त्रीको शपथ लिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई मन्त्री पदमा नियुक्त गरी अर्थ मन्त्रालयको कार्यभार तोकेकी हुन्। उनलाई मन्त्रालयका कर्मचारीहरुले फूलमालाले स्वागत गरेका थिए।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए। त्यही दिन ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। त्यसपछि गठन भएको संसदीय दलको छानविन समितिले बुझाएको प्रतिवेदनमा शर्मालाई ‘क्लिन चिट’ दिएको थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img