spot_img

मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुते चुरे अभियन्ता

जनकपुरधाम : चुरे वन जंगल संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

गत १२ दिनदेखि रिले अनशनमा बसेका चुरे वन जंगल संरक्षण भूमिहीन सुकुम्बासी अभियन्ताहरुले आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै आइतवार मुख्यमन्त्री कार्यालय कार्यालय अगाडिकै सडकमा सुतेर प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

‘चुरे वन जंगल संरक्षण गर’, ‘भूमिहीन सुकुम्बासीलाई जग्गा देउ’ र ‘गत वर्ष प्रदेश सरकारले गरेको सम्झौता कार्यान्वयन गर’ लगायतका माग गर्दै अभियन्ताहरु गत १२ दिनदेखि जनकपुरधामस्थित जनक चोकमा रिले अनशनमा बसेका थिए।

चुरे वन जंगल संरक्षणका राष्ट्रिय संयोजक सुनिल यादवले आफूहरुको मागलाई प्रदेश सरकारले बेवास्ता गरेकाले माग तत्काल पुरा गराउन दबावस्वरुप मुख्मयन्त्री कार्यालय अगाडि प्रदर्शन गर्न बाध्य भएको बताए।

उनले भने, ‘आफूहरु गत १२ दिनदेखि रिले अनशनमा बसेका छौँ तर सरकारले एक पटक सोधखोज गर्न आएका छैनन्, आफूहरुको माग पुरा नहुञ्जेलसम्म  अनसन लगायतका आन्दोलनका कार्यक्रमहरु जारी रहने छ।’

गत साउन ३० गते अभियन्ताहरुले प्रदेशका राजधानी जनकपुरधाम बजार बन्द गराउन खोज्दा प्रहरीले १ सय २१ जनालाई पक्राउ गरेको थियो। गत दुई वर्षदेखि विभिन्न माग राख्दै उनीहरु आन्दोलनरत छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img