spot_img

डोनबास क्षेत्र खाली गरेर अन्यत्र जान नागरिकलाई युक्रेनी राष्ट्रपतिको अपील

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आफ्ना नागरिकलाई डोनबास क्षेत्र खाली गर्न अपील गरेका छन्। डोनबास क्षेत्र नियन्त्रणका लागि रसिया र युक्रेनबिच युद्ध जारी छ। जेलेन्सकीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रका नागरिकलाई तत्काल सो क्षेत्रबाट पलायन हुन आग्रह गरेका हुन्।

उनले जति मानिस डोनबास क्षेत्रबाट बाहिरिन्छन् रसियाले त्यति नै कम संख्यामा मानिस मार्न समय पाउने अभिव्यक्ति पनि दिएका छन्। सो क्षेत्रमा हाल दुई देशका सेनाबिच भीषण युद्ध भइरहेको छ।

रसिया र युक्रनेबचि युद्ध सुरु भएको हाल १५८ दिन भइसकेको छ। यसबिच ९९ लाख २६ हजार भन्दा बढी मानिस युक्रेनबाट पलायन भइसकेका छन्। दुबैतर्फबाट हजारौं संख्यामा मानिसको मृत्यु भइसकेको छ।

 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img