spot_img

ओलीको कटाक्ष : ३०/३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आयो भने राम्रो लक्षण होइन

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विजयको तयारी गर्नुपर्ने बताएका छन्। राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले एमालेलाई अरुले सिध्याउन खोजेको टिप्पणी गरे। चौतर्फी हमलालाई चिर्न युवा संघलाई ओलीले निर्देशन समेत दिएका छन्।

‘चारैतिरबाट घेरिएको अवस्था छ। विशेष शक्तिका रुपमा एमालेले आफूलाई प्रस्तुत गर्नुपर्ने छ। चौतर्फी हमला भए पनि नेकपा एमालेलाई कमजोर पार्न खोजे पनि कमजोर पार्न सक्दैनन्। सबैलाई पराजित गरेर एमाले जित्न सक्छ भन्ने पुष्टि गर्नुपर्ने छ,’ ओलीले भने।

एमालेलाई घेराबन्दी हुँदा पनि कार्यकर्ताले बचाएको ओलीले बताए। युवा संघमा पदबिना बस्नै नसक्ने बिचलन देखिएको भन्दै ओलीले आलोचना गरेका थिए।

‘पदबिना नबस्ने अवस्था भयो भने ३०/३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आयो भने यो राम्रो लक्षण होइन,’ ओलीको भनाइ छ।

ओलीले एमाले नै सबैभन्दा बढी लोकप्रिय पार्टी भएको दाबी गरे। संघीय संसद् र प्रदेश सभाहरुमा पनि एमाले नै लोकप्रिय पार्टी भएको ओलीको दाबी रह्यो।

‘इमानबाट पतन गराएर केही मान्छेहरुले एक सिटका लागि प्रदेश सरकारबाट एमालेलाई हटाएका होलान्,’ उनले भने।

स्थानीय तह निर्वाचनमा पनि सबैभन्दा बढी मत पाउने एमाले भएको ओलीको दाबी छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img