spot_img

एकै दिन थपिए ४ सय ३८ कोरोना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ६९९ जनामा परीक्षण गर्दा ४ सय ३८ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय ७७ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ६९ रहेको छ।

२४ घण्टाको अवधिमा देशभर संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमण भएका ११ हजार ९ सय ६६ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img