spot_img

‘हनी ट्रयापिङ’मा संलग्न श्रीमान-श्रीमती पीडितसँग ‘बार्गेनिङ’ गर्दागर्दै समातिए

काठमाडौं : प्रहरीले ‘हनी ट्रयापिङ’मा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-३ बतासे घर भई हाल भक्तपुरको बालकोट बस्ने २४ वर्षीया शेखर बास्तोला र सोही ठेगाना भएकी २० वर्षीया रोजिना राउत रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ। शेखर र रोजिना श्रीमान-श्रीमती भएको प्रहरीले बताएको छ।

कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई बिहीवार बानेश्वरबाट पीडितहरुसँग ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा पक्राउ गरेको हो। उनीहरुले विभिन्न महिलाहरुलाई सामाजिक सञ्जालमा परिचालन गरेर पुरुषहरुलाई ब्ल्याकमेल गरेको कार्यालयले जानकारी दिएको छ।

उनीहरुले विभिन्न मानिसहरुलाई झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै डर धम्की देखाएर ब्ल्याकमेल गरी रकम असुल गरेको उजुरी कार्यालयमा परेको थियो। सो धन्दामा शेखरले आफूलाई साइबर ब्युरोको प्रहरी निरीक्षक हो भनेर धम्की दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनीहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img