spot_img

नसोधी एक हजार रुपैयाँ झिकेको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या!

बुटवल : रूपन्देहीको कञ्चन गाउँपालिकामा श्रीमानले आफ्नै श्रीमतीलाई वीभत्स हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार कञ्चन-१ की सावित्रा थापा क्षेत्रीलाई श्रीमान यमबहादुर थापाले बुधवार राति घरमै हत्या गरेको प्रहरीले जनाएको छ।

सावित्राले एक हजार रुपैयाँ नसोधी झिकेको भन्दै मदिरा सेवन गरेको झोकमा सुतिरहेकी सावित्राको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। बुधवार साँझ यमबहादुरले घर नजिकै रहेको पसलमा मादक पदार्थ सेवन गरी आएर सुतेको र उनकी श्रीमती सावित्राले पनि दराजमा श्रीमानले राखेको एक हजार रुपैयाँ निकालेर मादक पदार्थ सेवन गरी घरमा आएर सुतेको प्रहरी निरीक्षक मरासिनीले बताए। यमबहादुर ३३ र सावित्रा ३१ वर्षीया हुन्।

रातको करिब २ बजेको समयमा यमबहादुर उठेर दराजमा राखेको पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई पैसा नसोधी किन लिई गएको भनेर कुटपिट गरेको खुलेको छ। यम बहादुरले मादक पदार्थ सेवन गरेको झोकमा श्रीमतीको कपाल समाई आफैँ सुतेको खाटको खुट्टा र भित्तामा टाउको ठोकाइदिएर श्रीमतीको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरी निरीक्षक मरासिनीले बताए।

‘मृतकलाई टाउकोमा गहिरो चोट लागेको छ। कपालमा काठको टुक्राहरू र कोठामा रगत बगेको र छिटाहरु देखिएको र शरीरका विभिन्न भागमा निलडामहरु समेत देखिएको मृत शरीर फेला परेको थियो,’ प्रहरी निरीक्षक मरासिनीले भने।

यमबहादुरलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उनले बताए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img