spot_img

सैन्य गठबन्धनमा नेपाल सामेल हुने कुरा कल्पना नगरेपनि हुन्छ : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु नहुने बताएका छन्। बुधवार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन्।

उनले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरुको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडि बढ्नुपर्ने बताए। अध्यक्ष नेपालले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको नीतिको मामिलामा राष्ट्रिय सहमति हुनुपर्ने बताए। उनले नेपालले आर्थिक सहयोग लिँदा राष्ट्रिय हितमा आघात पुग्नेगरी अनुचित शर्त स्वीकार गर्नु नहुने बताए।

उनले भने ‘नेपालले आर्थिक सहयोग लिँदा पनि अनुचित शर्तहरुमा सही गर्ने गरेको कुरा पनि सुन्नमा आउँछ। अनुचित शर्तहरु स्वीकार गरेर आर्थिक सहयोग पनि लिने कुरा आउँदैन। त्यसो हुनाले नेपालको हितमाथि आघात पुग्ने किसिमका अनुचित शर्तहरु राखेर आर्थिक सहायता पनि आउँछन् भने मान्नुहुँदैन भने सैनिक कुरासँग जोडिएको, सुरक्षासँग जोडिएका कुराहरुमा कुनै गठबन्धनमा, कुनै कसैको एलायन्स बनेर जाने कुराको सन्दर्भमा नेपालले सामेल हुने कल्पना नगरेपनि हुन्छ। नेपालीहरुको यो अडान हो।’

नेपालले देशको रक्षाको निम्ति सबै एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img