spot_img

संसदीय समितिलाई टेर्दैन सरकार, एसपीपीको पत्राचार चौथो पटक माग

काठमाडौंः प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ। बुधबार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयनबारे परराष्ट्र मन्त्रालयसँग जवाफ मागेको हो।

समितिले ३ पटकसम्म सरकारका सम्वद्ध निकायहरुलाई पत्राचार गरी एसपीपी सम्झौतासँग सम्बन्धित कागजात माग गरे पनि नपाएकोले सो कागजात प्राप्न गर्न नसक्नुको कारण पनि माग गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन्।

त्यस्तै प्रधानसेनापति प्रभुराम शर्माको अस्ट्रेलिया भ्रमणबारे पनि विभिन्न प्रकारका हल्ला आएकाले भ्रमणको सम्बन्धमा आधिकारिक धारणा आगमी बैठकमा सम्बन्धित निकायलाई बोलाएर लिइने निरौलाले जानकारी दिइन।

उनले भनिन, ‘प्रधानसेनापति अस्ट्रेलिया गएको कुरा हामीले जानकारी पायौँ। केका लागि जानुभएको हो? हामीलाई जानकारी छैन। त्यसले गर्दा आधिकारिक रुपमा आधिकारिक ठाउँबाट यो जानकारी हामीलाई चाहिन्छ। यसले गर्दा आजको बैठकले हामीले के निर्णय गर्नुपर्ने हुन्छ भन्ने लाग्छ, आधिकारिक ठाउँबाट केका लागि जानुभएको हो, हल्ला विभिन्न किसिमको आइराखेका छन्। आइपिएसको सन्दर्भमै छलफलमा जानुभएको हो भन्ने खालको कुरा छ। एसपीपीलाई पास गर्नका लागि हो भन्ने खालको कुरा पनि आएको छ। तर हामी हल्लाको पछि लागेका छैनौँ। हामी आधिकारिक तथ्य, प्रमाण लिन चाहन्छौँ। अहिलेको सन्दर्भमा माननीय सदस्यहरुले भनेजस्तै फेरि एकचोटी हामी मन्त्रालयलाई पत्राचार गर्नेछौँ। रक्षा मन्त्रालयलाई पत्र पठाउने छौँ। एसपीपीमा नेपाल सहभागी नहुने भनेर अमेरिकालाई लेख्नुपर्ने पत्र आजसम्म किन गइराखेको छैन? नजानुको कारण के हुन्? र हामीले मागेका डकुमेण्ट हामीले प्राप्त गर्न नसक्नुका कारणहरु के–के हुन्?’



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img