spot_img

साफ यू २० मा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-० गोलअन्तरले पराजित

काठमाडौं: साफ यू २० च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। भारतको भुवनेश्वरमा सम्पन्न खेलमा श्रीलंकामाथि ३-० को जित निकालेसँगै नेपाल लगातार दुई खेलमा विजयी भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको तीनवटै गोल दोस्रो हाफमा भएको थियो। नेपालका लागि पहिलो गोल खेलको ५८ औं मिनेटमा कप्तान आयुस घलानले गरे। दोस्रो गोल आयुसकै पासमा कृतिश रत्न छोन्जुले गरे। त्यस्तै खेलको सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनग्य नकर्मीले ८४ औं मिनेटमा गरे।

योसँगै लगातार दोस्रो खेलमा जित निकालेको नेपालले फाइनल प्रवेशको बाटो बलियो बनाउँदै लगेको छ भने पहिलो खेलमा बंगलादेशसँग पराजय ब्यहोरेको श्रीलंकाले लगातार दोस्रो हार ब्यहोरेको छ। नेपालले अघिल्लो खेलमा माल्दिभ्समाथि ४-० गोलअन्तरको जित निकालेको थियो।

आजै सम्पन्न पहिलो खेलमा बंगलादेशले भारतलाई २-१ गोलअन्तरले हराएको थियो।

नेपालले तेस्रो खेलमा भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबिच अगस्ट ५ मा फाइनल खेल हुनेछ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img