spot_img

दाउन्नेमा बस पल्टिएर आगलागी, ३१ जना यात्रु घाइते

बुटवल : नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन्। घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष पाठकले जनाकारी दिए। उनका अनुसार बसमा ३१ जना जना सवार थिए।

घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ। अन्यको स्थानीय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। लामो समयदेखि बुटवल–नारायणगढ सडकखण्ड निर्माणाधीन अवस्थामा रहेकाले दुर्घटनाको जोखिम बढेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img