वीरगंज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा बाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक जना भारतीये नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकि भिस्वाका ईन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश शाहीको कमाण्डमा खटिएको टोलीले सीमा क्षेत्रबाट अवैध लागुऔषधसहित १ जना भारतीये नागरिकलाई पक्राउ गरेको हो ।
छिपहरमाई गाउँपालिका वार्ड नंबर ०५ भिस्वामा रहेका कब्रिस्तानको पछाडिका चोर बाटो भई TVS XL 200 मोफेड मोटरसाइकल नंम्बर प्लेट नरहेको मोटरसाइकलमा सवार भारतको बेतिया जिल्ला पश्चिमी चंपारण ग्राम पंचायत सिकटा वार्ड नंम्बर ०७ नहर चोक बस्ने १९ वर्षीय रोहित कुमार सोनारलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकि भिस्वाका ईन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश शाहीका अनुसार रोहित कुमार सोनारको साथमा रहेको कालो व्यागबाट डाईजेल्याब एम्पुल ३००, थान फेनार्गन एम्पुल ३००, थान नोफिन एम्पुल ३००,थान बरामद भएको हो ।
प्रहरी चौकि भिस्वाका ईन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश शाहीले ईलाका प्रहरी कार्यालय पोखरीयालाई जिम्मा लगाएका हुन् । निज रोहित कुमार सोनारलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको छ।