spot_img

अवैध कल सेन्टर सञ्चालन गर्ने चिनियाँ नागरिकसहित ३६ जना पक्राउ, समातिनेमा दुई भारतीय र ३३ नेपाली

काठमाडौं प्रहरीले अवैध रुपमा सञ्चालित कल सेन्टरमा छापा मारेर ३६ जनालाई पक्राउ गरेको छ। तीनकुनेमा रहेको स्काइ वर्ल्ड सर्भिस सेन्टरका नामबाट सञ्चालित उक्त कल सेन्टरमा प्रहरीले आइतबार दिउँसो छापा मारेको थियो। प्रहरीका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ, दुई भारतीय र ३३ जना नेपाली रहेका छन्।

सोमबार दिउँसो प्रहरीले तीनकुनेस्थित उक्त कल सेन्टरमा छापा मारेको थियो। अवैध तवरले कामदार राखी प्रविधिमार्फत सर्वसाधरणलाई धाक, धम्की दिने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

छापाका क्रममा प्रहरीले आठ लाख २९ हजार रुपैयाँ बरामद गरेको छ। यस्तै ल्यापटप ३६२ र डेस्कटप कम्प्युटर ७४८ थान बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सोमवार रुपन्देहीको तिलोत्तमामा कार्यालय सञ्चालन गरी ठगी धन्दामा संलग्न एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकी नगरस्थित एक घरमा तीन वटा फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

कार्यालयमा भारतीय नागरिकको समेत लगानी रहेको खुलेको छ। उक्त कार्यालयबाट मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

त्यस्तै, असार ५ गते सूचना प्रविधिको दुरुपयोग गरेर मानिसहरुलाई ठगी गर्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको थियो। दुई भारतीय नागरिक सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको थियो। भारतको नयाँ दिल्लीबाट गिरोह सक्रिय भएको र नेपालमा कल सेन्टर बनाएर अमेरिकन र क्यानेडियन नागरिकलाई प्रविधिको माध्यमबाट ठगी गर्ने गरेको देखिएको थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img