spot_img

गायिका दिलमायाको हत्या अभियोगमा समातिएका युवक पुर्पक्षको लागि जेल चलान, प्रहरी अनुसन्धानमा के देखियो?

काठमाडौं : लोक गायिका दिलमाया कामी (सुनार)को हत्या अभियोगमा पक्राउ परेका एक युवकलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। अदालतले आइतवारको बहसपछि युवकलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो।

असार ११ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारस्थित कोठामा उनी मृत भेटिएकी थिइन्। त्यसपछि प्रहरी वृत्त बालाजु, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो।

घटना आत्महत्या नभएर हत्या भएको विभिन्न कोणबाट पुष्टि भएपछि प्रहरीले घटनामा संलग्न भएको अभियोगमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका घर भएका ३८ वर्षीय सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। घटना भएको भोलिपल्ट प्रहरीले श्रेष्ठलाई काठमाडौंको नेपालटारबाट नियन्त्रणमा लिएको थियो।

प्रहरीको अनुसन्धानमा श्रेष्ठ दिलमायाको कोठामा श्रीमान् भनी ७/८ महिनादेखि सँगै बस्ने गरेको खुल्न आएको छ। श्रेष्ठको बयानअनुसार राति ८ बजे दिलमायाको कोठामा गएर बिहान ४ बजे घटना घटाई फरार भएको प्रहरीको भनाइ छ।

प्रहरीले महाराजगन्जस्थित कतार भिसा सेन्टर नजिक सडकको पश्चिम किनारको खाली ठाउँमा रहेको झाडीबाट घाँसमा पोको पारी बेवारिसे अवस्थामा फालेको गुलाबी रङको बुट्टे सल समेत बरामद गरेको छ।

जिल्ला अदालतको आदेश अनुसार श्रेष्ठ पुर्पक्षको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा चलान भएको प्रहरीले जानकारी दिएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img