spot_img

भौतिक संरचना निर्माण र प्रहरी समायोजनको माग लिएर मधेश प्रदेश सरकारको टोली काठमाडौंमा

वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत मन्त्रीसहितको टोली लिएर काठमाडौं पुगेका छन्। प्रदेशका मुख्य सचिव र मन्त्रीको टोलीसहित मुख्यमन्त्री राउत काठमाडौं पुगेका हुन्।

मुख्यमन्त्रीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा तथा अन्य शीर्ष दलका अध्यक्षहरुसँग भेट गरेकोछ। मधेश प्रदेश सरकारले प्रदेशको नामाकरण तथा स्थायी राजधानी तय भइसकेको अवस्थामा आवश्यक भौतिक संरचना निर्माण गर्न र प्रहरी समायोजन ऐन सरकारले पारित गरिसकेको अवस्थामा चाडै प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको छ।

प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बुझाइएको मागसहितको ज्ञापन पत्रमा जनकपुरको मधेश भवन (जनकपुर चुरोट कारखाना)को जग्गामा तथा प्रदेशसभा सञ्चालन भइरहेको स्थानको जग्गालाई प्रदेश सरकारको नाममा ल्याउन माग गरिएको छ।

त्यसैगरी, मधेश प्रदेश सञ्चालन गर्न आवश्यक पर्ने भौतिक संरचना निर्माणको लागि मधेश सरकारले सम्भाव्यता अध्ययन टोली गठन गरी प्रतिवेदन समेत बुझाइसकेकोले आवश्यक संरचनाको लागि केन्द्र सरकार गम्भीर हुनु पर्ने माग गरिएको छ।

साथै, नेपालको संविधानको धारा २६८ मा प्रदेश प्रहरीको व्यवस्था गरिएको र अनुसूची ६ अनुसार प्रदेश प्रहरी, प्रशासन र शान्ति सुरक्षाको अधिकार रहेकोले हालै पारित भएको प्रहरी समायोजना विधेयकको आधारमा चाडै प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न अपिल गरिएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img