spot_img

प्रेस युनियनको अध्यक्षमा लम्साल विजयी, पदाधिकारीमा को को निर्वाचित?

हेटौंडाः नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन्। प्रतिस्पर्धफ अनिता विन्दुलाई पराजित गर्दै लम्साल विजयी भएका हुन्। लम्सालले ७४५ मत पाउँदा अनिताले ६१२ मत पाइन।

अनितालाई कांग्रेस संस्थापन पक्षले उम्मेदवार बनाएको थियो। लम्साल संस्थापनइतरको समर्थनमा चुनावी मैदानमा थिए। पदाधिकारीमा अधिकांश संस्थापनइतरका उम्मेद्वार निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र महासचिवका उम्मेदवार दिलीप पौडेलले जित हासिल गरेका छन्। केसीले सरोज अधिकारीमाथि निकै प्रतिस्पर्धात्मक जित हासिल गरे। पौडेलले जगन्नाथ दुलाललाई पराजित गरेका हुन्। पौडेलले झन्डै दोब्बर मतान्तरले जित हासिल गरे।  

उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित हुँदा राममणि दाहाल र शेखर रेग्मी पराजित भएका छन्।

त्यस्तै, उपाध्यक्ष महिलामा सलोजा दाहाल विजयी भइन्। यस्तै प्रदेश १ मा डिल्लीराम खतिवडा, मधेश प्रदेशमा अनिल कर्ण, वाग्मतीमा मुरारी अधिकारी निर्वाचित भए।

गण्डकीमा ऋषिकान्त पौडेल, लुम्बिनीमा माधव अर्याल, कर्णालीमा राजेन्द्र बहादुर कार्की निर्वाचित भए। सुदूरपश्चिममा प्रेम चुनारा विजयी भए। उपत्यकाको उपाध्यक्षमा जीवन भण्डारी निर्वाचित भए।

उपमहासचिव खुला तीन पदमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी विजयी भए। उपमहासचिव महिलामा सुलोचना गौतम र दिलीपाश्री अधिकारी निर्वाचित भए। उपमहासचिव समावेशीमा अभयकुमार राई निर्वाचित भएका छन्।

खुला चार सचिवमा केदार दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत विजयी भए। महिला सचिव तीन पदमा मेनुका ढुंगाना, पुष्पा शर्मा र रेजिना गौतम निर्वाचित भएका छन्।

जनजातितर्फको सचिवमा लालकुमार मोक्तान निर्वाचित हुँदा मधेशी सचिवमा अजित तिवारी निर्वाचित भए।

दलित सचिवमा राजन रुचाल र पिछडिएको क्षेत्रबाट एलपी देवकोटा विजयी भए। खस आर्य सचिवमा युवराज रेग्मी, सचिव रेडियो माध्यममा नरहरि सापकोटा, सचिव छापामा राधा खनाल र कोषाध्यक्षमा माधव धिताल निर्वाचित भए। धितालले निकै प्रतिस्पर्धात्मक जित हात पारे।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img