spot_img

प्रहरीमा ११ एसपीको काज सरुवाः कास्कीमा अजय केसी, रानीपोखरीमा पन्त 

काठमाडौंः प्रहरी प्रधान कार्यालयले ११ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। काज खटाउनुपर्ने आवश्यकता भएको भन्दै कार्यालयले आइतबार सरुवा गरेको हो। काज सरुवामा विभिन्न सात जिल्लाका एसपीको हेरफेर भएको छ। भने, केही कार्यालयमा पनि फेरबदल भएको हो। 

निर्णय अनुसार प्रेबहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको छ। यस्तै, वीरबहादुर बुढामगरलाई रौतहटका काज सरुवा गरिएको छ। वामदेव गौतमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र होविन्द्र बोगटीलाई बारा सरुवा गरिएको छ। 

दिलीप घिमिरेलाई डोटी तथा अजय केसीलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ। यस्तै प्रजित केसीलाई जिल्ला प्रहरी कार्यालय भक्तपुरमा काज सरुवा गरिएको छ। भक्तपुरका शिवकुमार श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल पठाइएको छ। 

अनुपम शमशेर जबरालाई प्रहरी प्रधान कार्यालयकै इन्टरपोल शाखामा पठाइएको छ। विश्व अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरीको युएन शाखामा काज सरुवा गरिएको छ। युएन शाखामा कार्यरत गंगा पन्तलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा काज सरुवा गरिएको छ। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img