spot_img

वीरगंजमा ४ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, तीन जना पक्राउ

वीरगंज : वीरगंजमा ४ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको छ। वीरगंज महानगरपालिका-२ घुसुकपुरकी चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको प्रहरीले जनाएको छ।

बालिकाको शव शनिवार बिहान घुसुकपुर टोल नजिकैबाट बरामद भएको थियो। गत साउन ५ गते रातिदेखि हराएकी ती नाबालिकाको शव दुई दिनपश्चात फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा नाबालिकाको बलात्कारपछि हत्या गरी फालिएको खुलेको छ।

प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोगमा तीन जनालाई हिरासतमा लिएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी प्रहलाद कार्कीका अनुसार पक्राउ परेका तीन जनामाथि कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्लाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

पक्राउ परेका तीन जनाको विवरण पछि सार्वजनिक गरिने उनले बताए। नाबालिका हराएको दिन अबेर रातिसम्म घर नफर्केपछि परिवारले उनको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराएका थिए।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img