काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल लुम्बिनी, गण्डकी र प्रदेश १ का केही भूभागमा सामान्य देखि पूर्ण बदली रही मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
आज दिउँसो देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, आज राति देशभर आंशिक देखि सामान्य बदली रहने र देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउनु अनुरोध पनि गरिएको छ।