spot_img

वैवाहिक अंगिकृत बाहेकका एजेण्डाको पक्षमा एमाले, नागरिकता विधेयक नागरिकको हित विपरीत : प्रदीप ज्ञवाली

बुटवल : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको बताएका छन्। शुक्रवार संसद्बाट रहस्यमय ढंगले पारित भएको वैवाहिक अंगिकृत नागरिकतासम्बन्धी विधयेक नागरिकको हितमा नरहेको ज्ञवालीले टिप्पणी गरेका हुन्।

प्रेस चौतारी नेपाल रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई बिहे गरेर आउने वित्तिकै सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने गरी पारित भएको विधयेक देशका लागि घातक हुने बताए।

‘राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएको छ, यो देश र नागरिकको हितमा छैन,’ उनले भने ।

नोकरी, व्यापार, व्यवसाय र अन्य क्रियाकलाप गर्न दिएपनि विवाह गरेर ल्याउने बित्तिकै नागरिकता दिनु पर्ने मागको एमालेले पहिले पनि विरोध गरेको र अहिले पनि विपक्षमा रहेको ज्ञवालीले बताए। वैवाहिक अंगिकृत बाहेकका अन्य एजेण्डामा भने सरल र सहज तरिकाले हरेक नेपालीले नेपाली नागरिकता पाउनुपर्ने पक्षमा एमाले रहेको पनि उनले प्रष्ट पारे।

पूर्व मन्त्री समेत रहेका नेता ज्ञवालीले आउदो निर्वाचनमा एमाले एक्लै चुनाव लड्न तयार रहेको बताए। कांग्रेसले चुनाव जित्दा खुसी मनाउनेहरुलाई बामपन्थी मान्न नसकिने भन्दै उनले एमालेको नेतृत्व स्वीकार गरेर देश विकास र समृद्धिको एजेण्डा मिल्नेहरुसँग भने चुनावी एकता हुन सक्ने बताए।

‘आफूहरूको उद्देश्य र विचारसँग नजिक हुने राजनीतिक दलसँग तालमेल गरेर निर्वाचनमा जान पनि सकिन्छ,’ उनले भने।

परमादेशबाट बनेको वर्तमान सरकारले एक वर्षमा देशलाई ठूलो संकटतर्फ धकेलेको उनले आरोप लगाए । संसद्को अधिकारलाई चरम दुरुपयोग गर्दै संविधानको मूल मर्ममाथि सरकारले निरन्तर प्रहार गरिरहेको नेता ज्ञवालीले आरोप लगाए।

‘अर्थतन्त्रका हरेक आयाम संकटमा छन्। व्यापार घाटा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। मुलुकको सञ्चित कोष घट्दो छ। पूँजीगत खर्च जम्मा ५७ प्रतिशत भएको छ,’ यस्ता विभिन्न घटनाक्रमले सरकारबाट देशको चिरहरण गरेको दखिएको ज्ञवालीले आरोप लगाए।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्नेगरी मात्र गठबन्धन गर्न गरेको निर्णयबाट सत्ता साझेदार अन्य दलले पसिना काढेको चर्चा गर्दै उनले कांग्रेसलाई तर्साउनकै लागि बाम गठबन्धन र बाम एकताको फण्डा चलाइएको बताए।

‘अलि पहिले प्रधानमन्त्रीको अफर आयो भनेर फन्दा चलाइएको थियो, त्यो फेल खायो अब बाम एकताको फण्डा चलाइएको छ,’ ज्ञवालीले भने।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img