spot_img

नोट छापेर बाँडिएको पुनर्कर्जा फिर्ता गराउँदै राष्ट्र बैंक, अब पुनर्कर्जा कोष बराबर मात्र ऋण

काठमाडौं : नोट छापेर पुनर्कर्जा उपलब्ध गराएको राष्ट्र बैंकले अब त्यो पैसा फिर्ता लिने भएको छ। लकडाउनका बिचमा आएको मौद्रिक नीतिले पुनर्कर्जा कोषमा भएको रकमभन्दा ५ गुणा बढी पुनर्कर्जा उपलब्ध गराएको थियो।

कोषमा भएको भन्दा बढी रकम लगानी गर्नु भनेको पैसा छापेर उपलब्ध गराउनु सरह हो। अब भने राष्ट्र बैंक त्यसबाट पछाडि फर्किएको छ।

राष्ट्र बैंकले अब कोषमा जति छ त्यति मात्र पुनर्कर्जा उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले पुनर्कर्जा सुविधालाई क्रमश: कम गर्दै २०८१ असार मसान्तसम्ममा सम्बन्धित कोषको मौज्दात बराबर हुने गरी उपलब्ध गराउने घोषणा गरेको छ।

राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा प्रभावित कर्जालाई पुनर्कर्जा सुविधा उपलब्ध गराउने गरी निरन्तरता भने दिने भएको छ।

गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थामार्फत १११ अर्ब ९६ करोड रुपैयाँ पुनर्कर्जा गएको छ। कोषमा भने ४० अर्ब रुपैयाँ हाराहारी मात्र पैसा छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img