हेटौँडा : वाग्मती प्रदेशको आज बसेको प्रदेशसभा बैठकमा ४ वटा समितिले प्रतिवेदन पेश गरेका छ। बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परीक्षकको चौँथो वार्षिक प्रतिवेदन पेश गरेका छन्।
यस्तै, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरोको ब्युरो सेवाको गठन, स्थापना र काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदन समितिका सभापति माधव प्रसाद पौडेलले पेश गरे।
बैठक भोलि दिउसो २ बजे बस्ने गरी स्थगित भएको प्रदेशका मुख्य सचिव कृष्णहरि खड्काले जानकारी दिए। भोलि बस्ने बैठकमा संशोधन हाल्ने र विधेयकसम्बन्धी छलफल हुने बताएको छ।






















