spot_img

फेसबुकमा फेक अकाउन्ट बनाई पीडितका साथीहरुसँग पैसा माग्ने एक जना समातिए

काठमाडौं : फेसबुकमा फेक अकाउन्ट बनाई पीडितका साथीहरुसँग पैसा माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-५ घर भई हाल काठमाडौं-६ बौद्ध बस्ने २४ वर्षीय कर्म वाङ सिङ लामा रहेका छन्।

उनले पीडित तेश्रो लिङ्गीले प्रयोग गर्दै आएको फेसबुक एकाउन्टमा अपलोड गरेका फोटोहरुबाट फेक एकाउन्ट बनाई म्यासेन्जर मार्फत पीडितका साथीहरुसँग पैसा माग्ने गरेको प्रहरीले जानकारी दिएको छ। लामाले पीडितको बारेमा समाजमा झुठा अफवाह समेत फैलाएको तथा सोही फेसबुक एकाउन्ट प्रयोग गरी मेसेन्जर ग्रुपमा अर्की पीडित महिलाको चरित्र हत्या गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ।

साथै, उनी इनड्राइभरमा ट्याक्सी चालक समेत रहेको पत्ता लागेको छ। उनले पीडित महिलाले इनड्राइभरमा दिएको विवरण को दुरुपयोग गरी पोर्न साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको पाइएको छ।

लामालाई प्रहरीले बुधवार पक्राउ गरेको हो। विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट बिहीवार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img