spot_img

कोभिड अलार्मः स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको अपिल, नाकामा निगरानी बढाउन आग्रह 

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण बढिरहेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेको छ। मन्त्रालयले १० बुँदे अपिल गर्दै सबै सरकारी तथा गैरसरकारी कार्यालयमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ। भीडभाड हुने स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न तथा कार्यालयहरुमा प्रवेशद्वारमै स्यानिटाइजरको व्यवस्था गर्न आग्रह गरेको छ। 

विमानस्थल हवाइ तथा सार्वजनिक यातायातमा पनि मास्कको प्रयोगलाई अनिवार्य गर्न मन्त्रालयले अपिल गरेको छ। गोष्ठी सेमिनार तथा भीडभाड हुने स्थलमा पनि मास्कलाई अनिवार्य रुपमा प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ। विद्यालय, विश्वविद्यालय, मनोरञ्जन स्थललगायतमा पनि मास्कको प्रयोग गर्ने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ। 

अन्तर्राष्ट्रिय हवाइ तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानी बढाउन तथा अनुगमन प्रभावकारी बनाउन पनि मन्त्रालयले सबैसँग सहयोग मागेको छ। 

सक्रमण पुष्टि भई होम आइसोलेसनमा बस्न उपयुक्त नभएका तथा संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल भएमा कोभिड संक्रमितको उपचार गर्ने अस्पतालमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img