spot_img

शसस्त्र प्रहरीको अघोषित घुमुवा दुबे ? जसले डिआइजीलाई समेत बदनाम गराउँदै

धर्मेन्द्र प्र.यादव-बारा । पत्रकारहरुलाई देशको चौथो अंगको रुपमा हेर्ने गरिन्छ । पत्रकार निष्पक्ष हुनुपर्छ, मधेश प्रदेशका केही पत्रकारहरुले गर्दा पत्रकारिता पेशा नै बदनाम हुने गरेको छ । ति मध्येका बाराका एक व्यक्तिले दुई चार अक्षर पढेर कतै जागीर नपाएर पत्रकारिताकाे नाममा दलाली गर्न थालेपछि पर्सा र बाराकाे पुरै पत्रकारिता नै बदनाम हुन थालेकाे छ ।

का आफुलाई पत्रकार बताउँदै आएका उमेश दुबे थरका व्यक्तिले सशस्त्र प्रहरीकाे सुराकीकाे काम गर्नुकाे साथै तस्कारी गराउने गरेका छन् । सशस्त्र प्रहरी मधेश प्रदेशका डिआइजी गणेश ठाडा मगर आफ्नाे मान्छे रहेकाे ढिडाेरा पिटदै उनले बारा, पर्सामा आतंक नै मच्चाएकाे वताइन्छ ।

सामाचार स्राेतका अनुसार बारा, पर्सामा कसैलाई पनि तस्करीकाे लाइन खुलाउनु छ भने उनलाई नै सम्पर्क गर्नु पर्ने हुन्छ । सशस्त्र प्रहरीलाई उनले भने पछि मात्र लाइन खुल्ने गरेकाे छ । नत्र उनले डिआइजी मगरसंग कुरा लगाइदिने गरेका छन् ।

बारा जिल्लाका नामुद तस्करहरु भोला मियाँ, मनहर, सन्तोष साह, खेना, बिजय लगायतका तस्करहरुसंग बारा जिल्ला जोतपुर गमहरिया घर भई हाल वीरगञ्जको प्रतिमा चौक नजिकै आलिशान घर बनाएका आफुलाई पत्रकार बताउने ति व्यक्तिले डिआइजी मगरकाे सुराकाे काम गर्ने गरेका छन् । कति पयैले उनलाई सशस्त्र प्रहरीकाे अघाेषित घुमुवा पनि भन्ने गरेका छन् ।

दुबै थरकारका आफुलाई पत्रकार वताउने व्यक्तिले बारा जिल्लाको छतवा बरैनिया नाकाबाट भोला मिया तस्करसंग रु १ लाख लिई तस्करीको लाईन संचालन गराएको यस अनलाईनलाई प्रमाण समेत भेटिएको छ । शसस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति राजेन्द्र थापा निर दुईटै हाँथ जोडेर नामुद तस्कर मियाको लागी ति दलाल पत्रकारले तस्करीको लाईन सुचारु गराएको उनका निकट एक व्यक्तीले बताए ।

राजस्व बृद्धी गर्ने र सिमा सुरक्षाको जिम्मेवारी लिएको शसस्त्र प्रहरी एवम मधेशी चतुर बाहुन दलाल पत्रकारले बारा जिल्लाको छतवा नाकाबाट रातीको बखतमा मोटरसाईकलबाट भारतीय मंहगा कपडा, कुर्ता सुरुवाल, शटिंग, शुटिंग लगायत भन्सार छली बाराको पुरैनिया सम्म ल्याउने गरेका छन ।

पुरैनियाबाट पिकअपको माध्यमबाट नेपालको विभिन्न जिल्लामा सहज तरिकाले जाने गरेको एक तस्करले नाम नछाप्ने सर्तमा बताएका छन् । आफुलाई पत्रकार भनेर चिनाउने उमेश दुबेले शसस्त्र प्रहरीको संगठन प्रमुखसंग राम्रो सम्बन्ध रहेको तस्करहरुलाई रवाफ दिदै हिडेको पाइन्छ ।

को हुन ति दलाल पत्रकार ?

ति दलाल पत्रकार, बारा जिल्ला जोतपुर गमहरिया घर भई हाल वीरगञ्जको प्रतिमा चौक नजिकै घर बनाई बसोबास गर्दै आएका छन । उक्त घर निर्माण कार्यमा तस्कर, शसस्त्र प्रहरीबाट अवैध असुली गरी घर निर्माण गरेको उनका अति निकटतम चौरसिया थरका व्यक्तीको दावी रहेको छ ।

उनको घर प्रवेश पुजामा शसस्त्र प्रहरीका अधिकृतहरुलाई बोलाई तस्करहरुसंग रकम असुली समेत गराएका थिए । बाराबाट तस्करीको लाईन खोलाए बापत शसस्त्र प्रहरीको हाकिमबाट ग्यास सिलेन्डर, पंखा, टायल्स लगाएत घरको समाग्रीहरु खरिद गराएको एक शसस्त्र प्रहरी निरीक्षककाे भनाई छ ।

तस्करहरुबाट दाल, चामल, नुन, तेल लगाएत घरेलु प्रयोजनमा हुने खाद्यान्य समाग्रीहरु दैनिक खरिद गर्न लगाउने गरेको एक तस्करको भनाई रहेको छ । पटक पटक प्रहरी हिरासतमा रहेका पत्रकार तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गंगा पन्तको कार्यकालमा एसपीकै नाममा भारतिय तस्करसंग रकम असुली गरेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरि हिरासतमा राखेर मुद्धा समेत चलाइएको थियो ।

तस्कर संगको साठगाठको कारण पक्राउ गरेपनि ति दलाल पत्रकारको आफनै चाचा ससुरो वडाध्यक्षको दबावकाे कारण अभद्र व्यवहारमा मुद्धामा डाईभर्ट गरि चलाइएको थियो ।

त्यसकाे केही समयपछि पुन: एक पत्रकारलाई समाजिक संजालमा अपशब्द लेखेपछि प्रहरीलाई मुद्दा नै चलाउनु परेकाे थियाे । साे मुद्दाका कारण दुई महिना जति उनी फरार रहेपनि पछि पर्सा पत्रकारितामा गुटकाे फाइदा उठाउँदै उनी उनमुक्ति पाउन सफल भएका थिए ।

साे समयमा उनीमाथी पत्रकार महासंघ पर्सा शाखाकाे पहलमा नै मुद्दा दर्ता भएकाे थियाे । तर पत्रकार महासंघकाे प्रतिपक्षमा रहेका एक प्रत्रकारका कारण नै उनलाई दुई महिनापछि उनमुक्ति भएकाे थियाे ।

पत्रकार अचारसंहिताकाे ख्याल नगरी कसैकाे बारेमा केही लेखिदिने र आफ्ना सहयाेगी एक जना मार्फत समाजिक संजालमा सेयर गराएर प्रतिष्ठित व्यक्तिहरुलाई समेत उनले बदनाम गर्ने गरेका कारण पत्रकार, प्रहरी लगायतका विभिन्न पेशमा व्यक्ति उनीबाट हैरान रहेका छन् । उनकाे कारण सशस्त्र प्रहरीका डिआइजी मगर समेत बदनाम हुने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img