spot_img

परीक्षण गरिएकामध्ये १२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि, एकै दिन थपिए ४ सय ३५ संक्रमित

काठमाडौं : देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो।

जुन प्रतिशतमा हेर्दा परीक्षण गरिएकामध्ये १२ प्रतिशत हो। अहिले देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ३७ पुगेको छ।

सोही अवधिमा ५६ जना कोरोनामुक्त भएका छन्। २४ घण्टाको अवधिमा संक्रमणबाट मृत्यु हुनेको संख्या भने शून्य रहेको छ। अहिलेसम्म देशभर संक्रमणबाट ११ हजार ९ सय ५४ जनाको मृत्यु भइसकेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img