spot_img

सिसिटिभी फुटेज कसरी हरायो ? जनार्दन शर्मासँग आज सोधपुछ गर्दै संसदीय छानबिन समिति

काठमाडौं : संसदीय छानबिन विशेष समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको र प्रमाणहरु नष्ट गरेको उनीमाथि आरोप छ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि शर्मालाई बोलाउने भएको हो।

सचिव अर्यालले भने, ‘संसदीय छानबिन समितिले बिहीवार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ।’

समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज हराएको प्रकारणबारे पनि छानबिन गरिरहेको छ। आज समितिले शर्मासँग सिसिटिभी फुटेज हराएको बारे पनि प्रश्न गर्ने छ।ी

सचिव अर्यालले छानबिनको लागि संसद्ले दिएको १० दिनको समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको बताए। उनले समितिको म्याद थप गर्ने विषयमा छलफल भएपनि दिन किटान नगरिएको बताए।

समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिएपनि ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने संकेत गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समयमा अब दुई दिन मात्रै बाँकी छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img