spot_img

संसदीय छानबिन विशेष समितिले भोलि निवर्तमान अर्थमन्त्री शर्मालाई सोधपुछ गर्ने

काठमाडौं : संसदीय छानबिन विशेष समितिले बिहीवार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर सोधपुछ गर्ने भएको छ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि शर्मालाई बोलाउने भएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताए।

सचिव अर्यालले भने, ‘संसदीय छानबिन समितिले बिहीवार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ।’

सचिव अर्यालले छानबिनको लागि संसद्ले दिएको १० दिनको समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको बताए। उनले समितिको म्याद थप गर्ने विषयमा छलफल भएपनि दिन किटान नगरिएको बताए।

समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिएपनि ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने संकेत गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समयमा अब दुई दिन मात्रै बाँकी छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img