spot_img

शंकर पोखरेलको आरोप : प्रधानमन्त्रीका लागि प्रचण्ड देश विदेशमा भौँतारिए

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीका लागि देश विदेशमा भौँतारिएको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित अन्तक्रियामा पोखरेलले दाहालले प्रधानमन्त्रीका लागि देश विदेशमा ‘लबिङ’ गर्नु लज्जाको विषय भएको टिप्पणी गरे।

१२ प्रतिशत मतलाई पनि प्रभावित नपार्ने दलको नेता प्रधामन्त्री हुन खोज्नु अलोकतान्त्रिक भएको उनको भनाइ थियो।

‘तेस्रो/चौँथो पार्टी प्रधानमन्त्री हुन भौँतारिराखेको सुन्दाखेरी नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र? १२ प्रतिशतको जनमतलाई प्रभावित गर्ने सामर्थ्य राख्दैन। यो भन्दा लज्जाजनक लोकतन्त्रमा के हुन्छ त? हो त्यो चिजबाट मुलुकलाई जोगाउनका लागि जनता जागरुक हुनुपर्छ,’ पोखरेलले भने।

प्रचण्डको आलोचनामा उत्रिएका पोखरेल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भने बचाउमा उत्रिएका छन्। अधिकारी एमालेको अर्थ तथा योजना विभागमा नरहेको भन्दै उनले थप टिप्पणी गर्न आवश्यक नभएको पोखरेलले बताए।

उनले गभर्नरमाथि योजनाबद्ध रुपमा आक्रमण भएको आरोप लगाए। पोखरेलले कालो धनलाई सेतो बनाउनका लागि गभर्नरमाथि झुटा आरोप लगाइएको बताएका छन्।

‘ब्ल्याक मनीलाई ह्वाइट मनी बनाउन खोज्दा पैसा हरायो। गभर्नर ब्ल्याकलाई ह्वाइट बनाउने कुराको विपक्षमा उभिनु भयो। गभर्नरको नीतिलाई सरकारले फ्लो गरेको भए पैसा हराउने नै थिएन,’ उनले भने।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img