spot_img

स्रोत नखुलेको ४१ लाखसहित एक भारतीय समातिए, मोटरसाइकलको सिट र ट्याङ्कीमा हालेर ल्याएका थिए रकम

काठमाडौं : स्रोत नखुलेको रकमसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको बिहार पूर्वी चम्पारण थाना रक्सौल घर भएका २५ वर्षीय राकेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६ र जतजयन्ती चोकस्थित सडक खण्डमा भारतको रक्सौलबाट वीरगंजतर्फ मोटरसाइकलमा आइरहेका राकेशलाई रोकेर चेक गर्दा स्रोत नखुलेको ४१ लाख रुपैयाँ फेला परेको हो।

उनले मोटरसाइकलको सिटमुनि तथा ट्याङ्कीमा रकम लुकाएर ल्याएका थिए। बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img