spot_img

सिंहदरबारमा जुटे प्रचण्ड,नेपाल, खनाल, गौतम र श्रेष्ठ

काठमाडौं : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच सचिवालय सदस्यहरु अहिले सिंहदरबारमा छलफल गरिरहेका छन्।

समाजवादी केन्द्र बनाउनेबारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीकै नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका हुन्।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ती नेताहरुबिच छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। नेकपाका पाँच सचिवालय सदस्यबिच यसअघि पनि छलफल भएको थियो। उक्त छलफलमा समाजवादी केन्द्र बनाउने बारेमा छलफल भएको बताइन्छ।

आजै प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष बाबुराम भट्टराईबिच पनि छलफल भएको थियो। उक्त छलफलमा भट्टराईले जसपाबाट आफू अलग हुने अवस्थामा पुगेको भए पनि सत्ता गठबन्धनबाट अलग नहुने बताएका थिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img