spot_img

सिभिल सहकारी ठगी प्रकरणः सात महिनादेखि प्रहरीको खोजीमा रहेकी पूर्वसांसद इच्छाराज तामाङकी श्रीमती पनि पक्राउ

काठमाडौः सिभिल सहकारीका ठगी प्रकरणमा पूर्वसांसद तथा सहकारीका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती पनि पक्राउ परेकी छिन्।

केन्द्रीय अनुसन्धान व्यूरो( सिआइबी) को टोलीले मंगलबार सिर्जना शाक्य (तामाङ)लाई पक्राउ गरेको थियो। गत पुष २७ गते जिल्ला अदालत काठमाडौंले उनी विरुद् पक्राउ पुर्जी जारी भएपनि शाक्य फरार रहेकी थिइन्। उनी सिभिल सहकारीमा लेखा समिति सदस्य रहेको खुलेको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले इच्छाराज तामाङलाई गत असोज १८ गते ठगी आरोपमा पक्राउ गरेको थियो। उनीसँगै अन्य १२ जना पक्राउ गरेको थियो।

तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको थियो। तामाङ अहिले पुर्पक्षको लागि थुनामा छन्।

 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img