spot_img

को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ? भारतीय मूलका ऋषिलाई चुनौती दिँदै तीन महिला नेतृ

बोरिस जोन्सनले राजीनामा दिएपछि बेलायतका नयाँ प्रधानमन्त्री को हुनेछ भन्ने चासो अहिले सर्वत्र छ। अत्याधिक गर्मीसँग जुधिरहेको बेलायत अहिले नयाँ प्रधानमन्त्री चयनका लागि लागिरहेको छ।

कन्जर्भेटिभ पार्टीमा नयाँ नेता छान्न निर्वाचन भइरहेको छ। तेस्रो चरणको निर्वाचनबाट चार जना प्रतिस्पर्धी ‘टोरी लिडर’ भन्ने दौडमा छन्। र, सबैभन्दा अघि छन् ऋषि सुनक।

भारतीय मूलका ऋषि पहिलो र दोस्रो चरणको निर्वाचनमा पनि पहिलो बनेका थिए। दुई जना प्रधानमन्त्री बन्ने दौडबाट बाहिरिँदा अहिले ऋषिसँग प्रधानमन्त्री बन्नका लागि लड्दैछन् तीनजना कन्जर्भेटिक महिला नेतृहरु।

सुनकले तेस्रो चरणको निर्वाचनमा ११५ मत ल्याए। पहिलो चरणमा ऋषिले ८८ र दोस्रो चरणमा १०१ मत ल्याएका थिए। उनलाई यसपटकको बलियो उम्मेदवारका रुपमा हेरिएको छ। यद्यपि, उनको प्रतिद्वन्द्वी पेन्नी मोरडउन्टले अन्तिमसम्म ऋषिलाई कडा टक्कर दिने अनुमान गरिएको छ।

पूर्व रक्षा मन्त्री पेन्नी मोरडउन्टले तेस्रो चरणमा ८२ मत ल्याइएकी छिन् भने पहिलो चरणमा ६७ र दोस्रो चरणमा ८२ मत ल्याएकी थिइन्। मोरडउन्ट नयाँ टोरी लिडर बन्ने सम्भावना ५० प्रतिशत रहेको र ऋषिको सम्भावना मात्र ३४ प्रतिशत रहेको समेत प्रक्षेपण गरिएको थियो। यद्यपि, यसका लागि दुई जना उम्मेदवार ‘फाइनल’ भएपछि वस्तुस्थिति ‘किल्यर’ हुने जनाइएको छ।

सुनकलाई टक्कर दिँदै गरेकी अर्की नेतृ हुन् लिच ट्रस। बेलायतकी विदेश मन्त्री रहेकी उनले तेस्रो चरणमा ७१ मत ल्याइन्। टेलिभिजन डिबेटमा पनि ऋषि र उनको धेरैपटक विवाद भएको थियो। पहिलो चरणमा उनले ५० र दोस्रोमा ६४ मत ल्याएकी थिइन्।

पूर्व मन्त्री केमी बडेनचले ५८ मत ल्याउँदा प्रधानमन्त्री बन्ने रेसबाट टम टुगेन्डान्ट बाहिरिएका छन्।

टोरी लिडर बन्न दुई जना उम्मेदवार ‘फाइनल’ नभएसम्म कन्जर्भेटिभ पार्टीमा यसरी नै निर्वाचन हुन्छ। र, दुईजनाबिच फेरि निर्वाचन हुनेछ। त्यसमा जो जित्छ उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्नेछन्।

आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’ सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। ‘सेक्स स्क्याण्डल’मा मुछिएपछि पद छाड्नुपर्ने दबाब बढ्दै जाँदा बोरिसले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img