काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगका लागि चार टोली र स्वामित्व सार्वजनिक गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौं, लुम्बिनी, भैरहवा, जनकपुर र विराटनगरको टिम घोषणा गरेको हो।
काठमाडौं टोलीमा कान्तिपुर क्यापिटलको स्वामित्व रहने छ। यसको मालिक कान्तिपुर मिडिया ग्रुप रहेको छ। त्यस्तै लुम्बिनी र भैरहवाको स्वामित्व अमेरिकाको अल स्टार्स स्पोर्ट्सको रहनेछ। नेपालका पूर्व क्रिकेटरहरुले पनि यस क्लबबाट खेलिसकेका छन् भने नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकामा छँदा अभ्यास खेल खेलेको थियो। त्यस्तै टिम जनकपुरको स्वामित्व भारतको राजस्थानको कम्पनी गोल्ड स्पोर्ट्स प्राइभेट लिमिटेडले लिएको छ। टिम विराटनगरको स्वामित्व भारतकै डाइमण्ड डिजीक्याप स्पोर्ट्स प्राइभेट लिमिटेडले लिएको छ।
बाँकी दुई टोली चाँडै सार्वजनिक गर्ने क्यानले जनाएको छ। नेपाल क्रिकेट लिगलाई आईसीसीले मान्यता दिइसकेको छ।






















