spot_img

एशियन शारीरिक सुगठनमा राजुलाई कास्य

काठमाडौं : नेपाली शारीरिक सुगठनका खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् अन्तर्गत फिटनेश फिजिकमा तेश्रो स्थान प्राप्त गर्न सफल भएको टिम ब्यवस्थापक संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराएका छन्।

राजुले १७० सेमी उचाइ समूहमा तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेका हुन्। २४ राष्ट्र सहभागी सो विधामा राजुले स्पाईडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्न सफल भएको उपाध्यक्ष राजभण्डारीले जानकारी गराए। यसअघि पनि नेपाली खेलाडीहरुले एशियन शारीरिक सुगठनमा पदक प्राप्त गरिसकेका छन्।

यस्तै, सोही प्रतियोगिताका दौरान शारीरिक सुगठन खेलको विकासमा ठोस् योगदान पुर्‍याएबापत विश्व शारीरिक सुगठन तथा फिजिकल फिटनेश महासंघले नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई सम्मान गरेको समेत माल्दिभ्सबाट उपाध्यक्ष भण्डारीले बताए।

उक्त प्रतियोगतामा राजुसहित सुजिता मानन्धर र उमेश राई पनि सहभागिता जनाउन त्यसतर्फ गएका छन्। सुजिताले सोमवार आफ्नो फिजिक अन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दै छिन्।

यस्तै, उमेश राईले बुधवार प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय निर्णायक एवं संघका बरिष्ठ उपाध्यक्ष विजय लाल कायस्थ, नानी काजी डङ्गोल र लक्ष्मण महत पनि माल्दिभ्समा रहेका छन्।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img