spot_img

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा एमालेको तालाबन्दी

बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुले तालाबन्दी गरेका छन्। आइतवार नगरसभामा विवाद बढ्दै जाँदा अधिकृत ज्ञवालीले एकपक्षीय ढंगबाट काम गरेको आरोप लगाउँदै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा जनप्रतिनिधिहरुले ताला लगाएका हुन्।

नगरपालिकाको १२औँ नगरसभाको तेस्रो र चौँथो बैठकको उपस्थिति र गणपुरक संख्यामा ज्ञवालीको भुमिका विवादास्पद रहेको एमाले निकट जनप्रतिनिधिहरुको आरोप छ। उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रुपमा नगरसभाका एकै दिनका बैठकमा अलगअलग उपस्थिति गराउने गरेको आरोप लगाइन्।

‘आइतवार बोलाइएको नगरसभाको चौँथो बैठकमा सबै जनप्रतिनिधि उपस्थित भएपनि एमालेका ४२ जना प्रतिनिधिले हस्ताक्षर गरेपछि कांग्रेसका उपस्थित भएर पनि हाजिर गरेनन्। एमालेका उपस्थित बाँकीलाई हस्ताक्षर गर्न दिइएन। यो काम प्रमुख प्रशासकीय अधिकृतको योजनामा भएको हो,’ उनले भनिन्।

नगरसभामा गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख रामकृष्ण खाणले बैठक स्थगित गरेपछि एमालेका जनप्रतिनिधिले नाराबाजी गरेका थिए। एमाले र कांग्रेसबिच विवाद हुँदा तिलोत्तमाको बजेट पारित हुन सकेको छैन। एमालेका जनप्रतिनिधि समयमा बैठकमा नआएको नगर प्रमुख खाणको दाबी छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img