spot_img

स्कटल्याण्ड सिरिजको कुनै पनि खेलमा नेपालको पुगेन २ सय रन, अन्तिम खेलमा घरेलु टोलीसँग पराजित

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड, नामिबिया र नेपालबीचको सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ। स्कटल्याण्डको ग्लासगोमा सम्पन्न खेलमा नेपालको ब्याटिङ आज पनि जम्न नसक्दा ८ विकेटको फराकिलो हार ब्यहोरेको हो।

योसँगै ४ खेलको सिरिजमा नेपालले ३ खेलमा पराजय र १ खेलमा जित निकालेको छ। नेपालले नामिबियासँग दुई र स्कटल्याण्डसँग एक खेलमा पराजय ब्यहोर्दा स्कटल्याण्डसँग एक जित निकाल्न सफल भयो। सिरिजको ४ वटा खेलमा कुनै पनि खेलमा नेपालले २ सय रनको आँकडा पुर्‍याउन सकेन। त्रिदेशीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाली टोली १८० रनमै समेटियो। त्यस्तै दोस्रो खेलमा स्कटल्याण्डले दिएको १४४ रनको लक्ष्य पूरा गरेको थियो। तेस्रो खेलमा नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा समेटिएको थियो।

आज सम्पन्न खेलमा कमजोर ब्याटिङ गर्दै नेपाल १२८ रनमा समेटियो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ३५.५ ‌ओभरमा अलआउट हुँदै १२८ रन बनाएको थियो। नेपालका लागि आशिफ शेखलले सर्वाधिक ४० रन बनाउँदा कप्तान सन्दीप लामिछानेले २२, बिनोद भण्डारीले १३ तथा देव खनाल र रोहित पौडेलले समान १० रन बनाए। त्यसबाहेक मुख्य ब्याट्सम्यान कुशल भुर्तेलले ३, दीपेन्द्रसिंह ऐरीले ७, आरिफ शेख शून्यमै आउट भए। त्यस्तै करण केसी र सोमपाल कामीले समान ७ रन बनाउँदा किशोर महतोले पनि खाता खोलेनन्। 

बलिङतर्फ स्कटल्याण्डका हम्जा ताहिरले सर्वाधिक ४ विकेट लिँदा मार्क वाटले ३, गभिन मेइनले २ तथा क्रिस्टोफर म्याकब्रिडले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। स्कटल्याण्डका कलुम म्याकलिओडले सर्वाधिक ६४ रन बनाउँदा केल कोइटजरले अविजित ४४ तथा क्रिस्टोफर म्याकब्रिडले १० रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img