spot_img

विपिनले खुलाए ‘प्रसाद २’ को टिमसँग विवादको अन्तरकथा, ‘सट-डिभिजनबारे सोध्दा औकात सोधियो’

काठमाडौं : अभिनेता विपिन कार्की फिल्म ‘प्रसाद’ले पाएको प्रतिक्रियाबाट निकै हौसिए। प्रसादको दोस्रो भागमा पनि काम गर्न उनी आतुर थिए। त्यसैले ‘प्रसाद’का निर्माता सुभाष थापालाई उनी भेटे कि सोधिहाल्थे : दाइ, प्रसाद २ कहिले बन्छ?

२०७५ साल मंसिरमा प्रदर्शनमा आएको ‘प्रसाद’ को सिक्वेल खेल्न विपिनले ३ वर्ष कुरे। अन्तत: २०७९ साल असार १६ गते ‘प्रसाद २’ बन्ने औपचारिक घोषणा भयो। हुनत सुभाष थापा प्रोडक्सनको ब्यानरबाट कोरोनाअघि नै ‘प्रसाद २’ बन्ने तयारी गरेका थियो। कलाकारको टिम पुरानै तर, निर्देशक भने फेरिए। प्रसादको निर्देशन गरेका दिनेश राउतको सट्टा निर्देशकका रुपमा भित्रिए सौरभ चौधरी। तर, कोरोनाकाकारण फिल्मको तयारी अघि बढ्न सकेन।

कोरोना संक्रमण केही कम भएपछि फेरि ‘प्रसाद २’ निर्माण हुने चर्चा चल्न थाल्यो। अनि फेरि फिल्मको निर्देशक फेरियो। सौरभ फिल्मबाट बाहिरिएसँगै सुदर्शन थापा निर्देशक‘फिक्स’ भए। प्रसादको पहिलो भागमा रहेका कलाकार निश्चल बस्नेत पनि बाहिरिए। अनि उनको ठाउँमा भित्रिए अर्पन थापा। यतिमात्रै होइन,फिल्मको निर्माण टिममा पनि फेरबदल भयो। मेडिकल व्यवसायी केशव पाण्डे प्रसाद २ को निर्माताका रुपमा जोडिए। अनि मात्र औपचारिक घोषणा भयो फिल्म निर्माणको।

‌औपचारिक घोषणासँगै फिल्मको ‘वर्कसप’को लागि करिब ६० जनाको टिम बागलुङको भकुण्डे र कास्कीको ल्वाङ गाउँ पुगेको थियो। तर, जब उनीहरु उहाँ पुगे फिल्मी शैलीमै फिल्मको सुटिङ रोकियो।

वर्कशपपछि निर्माण टिमले शुभ मुहूर्तसँगै छायाङ्कन सुरु हुने कार्यतालिका बनाएको थियो। तर, फिल्मका मुख्य नायक र नायिका नै छायाङ्कनमा उपस्थित भएन। वर्कशप चल्दै गर्दा भएको विवाद तब छताछुल्ल भयो जब नायक विपिनसँगै अभिनेत्री नम्रता श्रेष्ठ फिल्मको छायाङ्कनमा उपस्थित नै नभएको भन्दै निर्माण पक्षले जानकारी गरायो। निर्माण पक्षको दाबी थियो :विपिन र नम्रता उपस्थित नभएपछि सुटिङ रोक्न पर्‍यो।

तर, अभिनेता विपिन भने निर्माण पक्षको दाबी गलत रहेको बताउँछन्।

निर्माण पक्षको एक सदस्याले विपिन ‘मुड छैन’ भन्दै कास्कीबाट काठमाडौं फर्किएको जानकारी दिएका थिए। तर,आफूमाथि लागेको आरोप सरासर गलत रहेकोबताउँछन् विपिन। टिमसँग अविश्वासको वातावरण सिर्जना भएपछि फिल्मको सुटिङ स्थगित भएकोउनले बताए।

‘फिल्मको औपचारिक घोषणा हुँदा निकै खुसी लागेको थियो। तीनवर्षदेखि म यस फिल्मलाई कुरिरहेको थिएँ। कोरोनाअघि नै यो फिल्म बन्ने भनिएको थियो। यसकै लागि अरू फिल्म पनि गरिएन। तर, अहिले आएर यस्तो भयो,’ विपिनले हाल आफू निकै तनावमा रहेको भन्दै फिल्म सेटमा भएको कुरा सुनाए।

उनी छायाङ्कनको अघि ‘एड्भान्स रकम’ नदिइएको र ‘सट-डिभिजन’ का बारेमा जानकारी माग्दा निर्देशक थापाले रुखो व्यवहार देखाएको बताउँछन्।

‘एकसाताभित्रै फिल्मको छायाङ्कन गर्ने कुरा थियो। तर, १७ दिन हुँदा समेत फिल्मको छायाङ्कन सुरू हुन सकेन। हामीले एड्भान्स रकम समेत पाएका थिएनौँ। बिचमा प्रोडक्सन ब्यानर नै परिवर्तन भएर निर्माता पाण्डेको ब्यानरबाट फिल्म निर्माण हुने कुरा भयो। नयाँ ब्यानरसँग कागजी सम्झौता पनि भएको थियो’, कार्कीले भने, ‘मैले निर्देशक थापासँग सट-डिभिजन मागेको थिए।फिल्मकोभिजुअल ल्याङ्ग्वेज कस्तो हुन्छ भनेर सोधेको थिएँ। तर उहाँले १५ वर्षमा कसैले सट-डिभिजन नमागेको भन्नुभयो। ‌सट-डिभिजन माग्ने तपाईँको औकात के भन्ने कुरा गर्नुभयो। त्यसपछि के कुराले विश्वास गर्ने भयो। यस्तै विविध कारणले गर्दा विवाद उत्पन्न भएको हो।’

छलफलकै क्रममा आफूले निर्देशकसँग सट डिभिजनबारे कुरा गरेको र छायाङ्कन हुने भनिएको दिन बुधवार सेट नै तयार नभएको उनको दाबी छ।

‘बुधवार छायाङ्कनको सेट नै तयार थिएन। हामीले एउटा टेक पनि लिएका छैनौँ। छलफलका क्रममा त्यस्तो कुरा भएको हो। पछि कुरा नमिलेपछि हामीहरू काठमाडौं फर्किने कुरा भएको थियो,’ उनले भने।

विपिनका अनुसार उनका लागि निर्माण टिमले बुधवार १ बजेको टिकट काटेको थियो।फिल्मका अन्य सदस्यहरू पनि काठमाडौं फर्किने टुंगो लागेको उनी बताउँछन्। तर, विपिनलाई भने आफूलाई फसाउन सक्ने भान भयो। जसकारण उनले बुधवार काठमाडौं नजाने निर्णय गरे। प्रोडक्सन टिमसँग सो दिनको टिकट‘क्यान्सिल गर्न लगाएर भोलिपल्टका लागि सारेको उनले बताए।

भन्छन्, ‘उहाँले सुटिङ छोडेर हिँड्यो भने पनि म त्यसदिन कास्कीको ल्वाङमा नै थिए। सबैजना काठमाडौं फर्किने कुरा भएपछि म पनि गएजस्तो गरेँ। तर, मनभित्र लास्टमा मलाई दोष दिन्छन् भन्ने लागेको थियो। जसकारण सो बुधवारको टिकट क्यान्सिल गर्न लगाएर भोलिपल्ट सारेँ। र, ल्वाङबाट भोलिपल्ट मात्रै काठमाडौं फर्किएँ।’

सुवास थापा प्रोडक्सनको ब्यानरबाट यो फिल्म निर्माण भएमा र निर्देशक थापा नै रहेमा आफूले काम नगर्ने विपिन बताउँछन्।

‘उहाँहरूको कारण मैले टर्चर भोगिरहेको छु। अब पुरानो टिमसँग काम गर्न सम्भव छैन।मेरो र उहाँहरूको सोच विचार मिल्दैन। जसले दुवैलाई काम गर्न गाह्रो हुन्छ। उहाँलाई सट-डिभिजनबारे थाहा छैन भने मैले के आधारमा विश्वास गर्ने? न दाम न नाम छ भने मैले के आधारमा फिल्ममा काम गर्ने भयो। निर्माता र निर्देशक परिवर्तन नभएसम्म काम गर्ने कुरा हुँदैन। नयाँ निर्माता केशव पाण्डेको ब्यानरबाट फिल्म निर्माण भएको खण्डमा काम गर्न तयार छु,’ विपिनले सुनाएँ।

आफूले गलत नगरेको हुँदा बोल्न कत्ति पनि नडराउने उनको तर्क छ। भन्छन्,‘मैले केही गल्ति गरेको छैन। म कसैले एकैचोटी ल्याएर आएको पनि होइन। सानो तहबाट आफूले काम गरेर आएको मान्छे हुँ। जसकारण म बोल्न डराउँदिनँ। मसँग ल्वाङमै रहेको प्रमाणहरू पनि छ।’

‌के भन्छन् निर्देशक थापा?

निर्देशक सुदर्शन थापा भने विवाद आफूसँग सम्बन्धित नरहेको बताउँछन्। प्रोडक्सन टिम र कलाकारबिच विवाद रहेको भन्दै उनी समस्या समाधान गरेर‘प्रोजेक्ट’ अगाडि बढाउने उनले बताए।

‘हामीले अहिले सुटिङबारे सोचेका छैनौँ। यो प्रोडक्सन टिम र कलाकारबिचको कुरा हो। पारिश्रमिक निर्मातासँग लिने हो। जुन मसँग सम्बन्धित छैन। यो सानोतिनो समस्या हो। जुन समाधान हुन्छ। यति तयारी गरिसकेपछि अवस्य प्रोजेक्ट अगाडि बढाउनेछौँ,’ थापाले बताए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img