spot_img

६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक युवक समातिए

काठमाडौंः ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

बर्दीया मधुवन नगरपालिका-६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। सोही ठाउँस्थित गोठको पछाडी लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img