spot_img

२ सय रनको लक्ष्य पछ्याएको नेपाल १ सय ३६ रनमै समेटियो, नामिबियासँग लज्जास्पद हार

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी स्कटल्याण्ड, नेपाल र नामिबियाबीचको सिरिजको आज सम्पन्न खेलमा नेपालले नामिबियासँग लज्जास्पद हार ब्यहोरेको छ।

नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभमा १३६ रनमा समेटिँदा ६३ रनको लज्जास्पद हार ब्यहोरेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाका लागि गेरहार्ड इरसमसले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५३ रन बनाउँदा डेभिड विइसेले ३४, जेजे स्मिथले २७ तथा रुबेन ट्रुम्प्लेमन र जन निकोल लोफ्टी एटोनले समान १९ रन बनाए।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान २ विकेट लिए। त्यस्तै बसीर अहमेदले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालको विकेट पतनको शृङखल पहिलो ओभरबाटै शुरु भयो। खाता नखोल्दै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा देश खनाललाई १ रनमै गुमायो। ओपनर आशिफ शेखले ३४ रन बनाउँदै पारि केही माथि लगे पनि १३.२ ओभरमा उनी पनि पभेलियन फर्किए। त्यसपछि पछिल्ला खेलमा खराब लयमा रहेका दीपेन्द्र सिंह ऐरीले आरिफ शेख, मोहम्मद आदिल आलम र पवन सर्राफसँग साझेदारी गर्दै पारि अघि बढाए। ३४.५ ओभरमा ऐरी रन आउट भएपछि नेपालको पारि डग्मगायो। उनी पछि आएका सोमपाल कामीले १ रन बनाउँदा बसीर अहमद र सन्दीप लामिछानेले खाता खोल्न सकेनन्। ऐरीले सर्वाधिक ३८ रन बनाउँदा मोहम्मद आदिल आलमले २० तथा रोहितकुमार पौडेलले १७ रन बनाए।

नेपाललाई लक्ष्यसम्म पुग्न नदिन नामिबियाका बर्नाड स्कोल्ट्चले सर्वाधिक ५ विकेट लिए भने जेन फ्राइलिन्क र गेर्हार्ड इरासमसले १ विकेट लिए।

जितसँगै नामिबिया क्रिकेट विश्वकप लिग २ को पाँचौ स्थानमा उक्लिएको छ भने नेपाल छैटौं स्थानमा झरेको छ। सिरिजको अन्तिम खेलमा नेपालले भोलि घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img