spot_img

कप्तान लामिछानेले लिए ४ विकेट, नेपाललाई २ सय रनको लक्ष्य

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी स्कटल्याण्ड, नेपाल र नामिबियाबीचको सिरिजको आज जारी खेलमा नामिबियाले नेपाललाई २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै १९९ रन बनाएको हो।

नामिबियाका लागि गेरहार्ड इरसमसले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५३ रन बनाउँदा डेभिड विइसेले ३४, जेजे स्मिथले २७ तथा रुबेन ट्रुम्प्लेमन र जन निकोल लोफ्टी एटोनले समान १९ रन बनाए।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान २ विकेट लिए। त्यस्तै बसीर अहमेदले १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

नेपाली सुरुवाती ११

सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, पवन सर्राफ, कुशल भुर्तेल, बसीर अहमद, सोमपाल कामी, आदिल आलम अन्सारी



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img