spot_img

बुबाको पदचाप पछ्याउँदै पुष्पा भुसाल, वीपी सरकारका मन्त्रीकी छोरी बनिन् उपसभामुख

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। भुसालको पक्षमा १४८ मत परेको हो।

नेकपा (माओवादी केन्द्र)का सांसद देव गुरुङको प्रस्तावमा भुसालले मनोनयन दर्ता गराएकी थिइन्। गुरुङको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा पक्षमा १४८ मत, विपक्षमा ९३ मत पर्‍यो। भने एक जना सांसद तटस्थ रहे।

करिब तीन वर्षपछि उपसभामुख पदको निर्वाचन प्रक्रिया अघि बढ्ने भएपछि आज मतदान भएको हो।

यसअघि २०७४ को चैतमा भएको उपसभामुखको निर्वाचनमा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग भुसाल पराजित भएकी थिइन्। तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा भुसाले ५८ मत मात्रै पाएकी थिइन्।

तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको थियो। प्रतिनिधिसभाको पदावधि सकिन ६ महिनाभन्दा कम अवधि रहेका बेला उपसभामुख चयन भएको हो।

त्यस्तै, उपसभामुखका लागि नेकपा (एमाले)का तर्फबाट सांसद शान्ता चौधरीले विद्या भट्टराईलाई प्रस्ताव गरेकी थिइन्। गुरुङको प्रस्ताव बहुमतले पारित भएपछि चौधरीको तर्फबाट पेश भएको प्रस्ताव भने निर्णयार्थ प्रस्तुत भएन।

समानुपातिक सांसद रहेकी भुसाल कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी भुसालले १७ वर्ष वकालतसमेत गरेकी छिन्। कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन २०२८ सालपछि राजनीतिमा सक्रिय छिन्।

यसअघि, भुसाल संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन्। २०५६ को संसदीय निर्वाचनमा समेत सोही क्षेत्रबाट भुसाल चुनावी प्रतिस्पर्धामा थिइन्।

नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य समेत रहिसकेकी भुसालका बुवा पनि कांग्रेस राजनीतिमा थिए। २०१५ सालको वीपी कोइराला नेतृत्वको मन्त्रिपरिषदमा उनका बुबा काशीनाथ गौतम स्वास्थ्य मन्त्री रहेका थिए।

२०१७ सालमा निर्वाचित सरकार विघटनपछि गौतम परिवार भारतमा निर्वासित भयो। उनी पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिको सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव लगायतका जिम्मेवारीमा रहेर काम गरिसकेकी छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img