spot_img

बाबुराम पक्षले खारेज गर्‍यो उपेन्द्रको कारबाही, ‘अराजनीतिक र अनैतिक निर्णय’

काठमाडौँः जनता समाजवादी पार्टी अहिले फुटको संघारमा छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका फरक फरक बैठक चलिरहेका छन्। दुबै पक्षले एकअर्कालाई आरोपित गर्दै कारबाही गरिरहेका छन्। दुबै पक्षका केन्द्रीय कमिटी बैठक पनि हालै सकिएका छन्। 

बाबुराम पक्षले असार २८ र २९ गते काठमाडौँमा केन्द्रीय समिति बैठक राख्यो उपेन्द्र पक्षले पनि असार २९ र ३० गते वीरगंजमा बैठक राख्यो। उपेन्द्र पक्षको उक्त बैठकले डा. बाबुरामसहितका ९ जनालाई पार्टी जिम्मेवारीबाट हटाउनेगरि कारबाही गर्‍यो। 

उपेन्द्र पक्षको कारबाहीलाई बाबुराम पक्षले खारेज गरेको घोषणा गरेको छ। डा. भट्टराईले विज्ञप्ति जारी गरेर कारबाहीलाई अनैतिक भनेका छन्। वक्तव्यमा उनले भनेका छन्, ‘उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९–३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ। हामी यस कारबाहीको घोर भत्र्सना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौंँ।’



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img