spot_img

वीरगंजमा अभिभावक संघर्ष समितिको आन्दोलन स्थगित, यस्तो भयो सहमति

वीरगंज : वीरगंजका अभिभावक संघर्ष समितिको आन्दोलन स्थगित भएको छ। समिति र सरोकारवाला निकायसँग भएको वार्तामा सहमति जुटेपछि अभिभावक संघर्ष समितिको आन्दोलन फिर्ता भएको समितिका संयोजक सन्दीप कुमार साहले जानकारी दिए।

वीरगंज महानगरको अगुवाईमा महानगरकै सभाहलमा शुक्रवार सम्पन्न वार्तामा आगामी साउन मसान्तभित्र वीरगंजमा सञ्चालित सबै निजी विद्यालयहरुको वर्गिकरण गरी कार्यविधि बनाएर मासिक शुल्क निर्धारण गर्ने सहमति भएको छ। त्यस्तै, साउनसम्म तिरिरहेको शुल्क तिर्ने, पछि निर्धारण गरिने शुल्क कम भएमा बढी लिएको पैसा मिनाहा वा फिर्ता गर्ने, अतिरिक्त शुल्कबारे सरकारले तोकेको न्यूनतम शुल्क मात्र असुल्ने, पाठ्यक्रम, पोसाक तथा पुस्तक खरिदमा कमिसनबारे साउनको आगामी बैठकमा छलफल गरी टुंगो लगाउने सहमति भएको छलफलमा सहभागी अभिभावक संघ पर्साका अध्यक्ष अमर गौत्तमले जनाए।

वीरगंजका ३२ वटा वडामा १९८ वटा निजी विद्यालय सञ्चालनमा रहे तापनि प्याब्सन तथा एनप्याब्सन मातहतमा १४० वटा विद्यालय मात्र छन्। वर्षैपिच्छे मासिक शुल्क, अतिरिक्त शुल्क, धरौटी रकम, किताब, पोसाकलगायत खरिदमा निजी विद्यालयले चर्को शुल्क असुलिरहेको भन्दै वीरगंजका अभिभावकहरु आन्दोलित भएका थिए।

सामाजिक सञ्जालमार्फत विरोध सुरु गरेको अभिभावकहरु समूहले पछि संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन गर्दै आएको थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img