spot_img

बाबुरामसहित ९ जना नेतालाई उपेन्द्र यादवको चेतावनी : यही रवैया जारी रहे साधारण सदस्यबाट पनि हटाइनेछ

वीरगंज : जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीका पूर्व संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित कारबाहीमा परेको ९ जना नेतासँग संवादको बाटो खुल्ला रहेको बताएका छन्।

वीरगंजमा आज जसपा पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भट्टराईसहित ९ जना नेतालाई साधारण सदस्यबाट बर्खास्त नगरेको जानकारी गराए। उनले आगामी दिनमा ती नेताहरुले पार्टीको विधानसंवत आचरण नसुधारे साधारण सदस्यबाट समेत बर्खास्त गरिने चेतावनी दिए।

‘बाबुरामजीसहित ९ जना नेता पार्टी फुटाउने र नयाँ पार्टी खोल्ने दाउमा लाग्नु भएको छ, त्यसैले वीरगंजमा दुई दिन बसेको केन्द्रीय समिति र कार्यकारिणी समितिको बैठकले उहाँहरुलाई पदीय जिम्मेवारीबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरेको छ,’ उनले भने, ‘यदि आगामी दिनमा उहाँहरु आचरण सुधार गरी संवादको लागि आउनु भयो भने कुराकानीको लागि ढोका खुल्ला छ, तर यदि अहिले देखिएको रवैया जारी रह्यो भने विधान अनुसार पार्टीको साधारण सदस्यबाट पनि हटाइनेछ।’

वीरगंजको  बैठकले भट्टराईलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरु महेन्द्र राय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दान बहादुर चौधरी र भक्तबहादुर शाहलाई कारबाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img